नियम ३७
बिदा लिने कार्यविधि
(१) बिदा लिन चाहने प्रहरी कर्मचारीले आफूलाई चाहिएको बिदाको अवधि, कारण र विदेश जानुपर्ने भए सो समेत खोली रीतपूर्वकको दरखास्त बिदा स्वीकृत गर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बिदाको लागि दरखास्त प्राप्त भएपछि बिदा दिने अधिकारीले सम्बन्धित प्रहरी कर्मचारीको बिदाको अभिलेख एवं अन्य परिस्थितिको समेत विचार गरी बिदा स्वीकृत वा अस्वीकृतको निर्णय गरी सो को सूचना सम्बन्धित प्रहरी कर्मचारीलाई दिनु पर्नेछ ।
(३) देहाय बमोजिमका कुरामा बिदा दिने अधिकारीलाई चित्त बुझेमा निजले बिदाका लागि दरखास्त परेको मितिभन्दा अगाडि देखि लागू हुने गरी बिदा स्वीकृत गर्न
सक्नेछ ः-
(क) बिदा दिने अधिकारीको पूर्व स्वीकृति लिइरहनु सम्भव थिएन भने, वा
(ख) पूर्व स्वीकृतिको लागि निवेदकले सकभर प्रयास गरेको थियो भने ।